नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न दोलखा कांग्रेस सभापतिको माग

हिमाल प्रेस २३ फागुन २०७९ ८:३९
नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न दोलखा कांग्रेस सभापतिको माग

काठमाडौँ- नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्न माग गरेका छन्। पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै उनले शेर्पाले गुटगत कार्य मात्र गरेकाले तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

उनको पत्रमा कांग्रेस दोलखाले नेविसंघजिल्ला अध्यक्षका लागि सहमतिमा सौगात थापाको नाम पठाइए पनि शेर्पाले दोलखामा कुनै साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई जिल्ला सभापति तोकेको बताएका छन्।

गत पुस १४ गते नेविसंघ केन्द्रीय समितिले कांग्रेस दोलखालाई पत्र पठाएर जिल्ला सभापतिको नाम पठाउन भनेको थियो। जसअनुसार माघ १० गते सौगातको नाम पठाइएको लामा बताउँछन्।

‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई व्यक्तिगत स्वार्थ र काठमाडौंतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेविसंघका असक्षम केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दछौं,’ सभापति देउवालाई पठाइएको पत्रमा भनिएको छ।

प्रकाशित: २३ फागुन २०७९ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =