नेम्बाङले गरे पशुपतिमा पूजाअर्चना

हिमाल प्रेस २२ फागुन २०७९ ११:०३
14
SHARES
नेम्बाङले गरे पशुपतिमा पूजाअर्चना

काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्बाङले पशुपतिनाथ मन्दिर पूजाआर्जना गरेका छन्। उनले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन्।

पूर्वसभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्बाङ नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार छन्। नेम्बाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन्। उनको पशुपति भ्रमणलाई राष्ट्रपति निर्वाचनको प्रचारका रुपमा हेरिएको छ।

नेम्बाङ राष्ट्रपतिको उम्मेदवार भए पनि मतभारका आधारमा कमजोर छन्। यही कारण सत्ता गठबन्धनका नेतालाई समेत रिझाउन थालेका छन्। उनले सबै दलका नेतालाई भेटेर मत मागिसकेका छन्। राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ। प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरूले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन्। उपराष्ट्रपति निर्वाचन चैत ३ मा हुँदैछ।

राष्ट्रपति पदका लागि एमालेका नेम्वाङसँग कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: २२ फागुन २०७९ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast