चार महिनामा ४ खर्ब ७८ अर्ब व्यापार घाटा

हिमाल प्रेस ९ मंसिर २०७९ १७:४३ | Friday, November 25, 2022
चार महिनामा ४ खर्ब ७८ अर्ब व्यापार घाटा

काठमाडौँ– चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब ७७ अर्ब ९१ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ।

यो अवधिमा कुल ५ खर्ब ८७ अर्ब ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यसमध्ये ५ खर्ब ३२ अर्ब ७० लाखको वस्तु तथा सेवा आयात गरिएको छ भने ५४ अर्ब ७७ लाख रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ।

भन्सार विभागका अनुसार साउन-कात्तिक महिनामा आयात १८ प्रतिशतले घटेको छ। विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत जेठदेखि सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ।

यो चार महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३ प्रतिशतले निर्यातमा कमी आएको छ।

प्रकाशित: ९ मंसिर २०७९ १७:४३ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast