बढ्यो सुनको मूल्य

हिमाल प्रेस १८ फागुन २०७९ १२:२२ | Thursday, March 2, 2023
बढ्यो सुनको मूल्य फाइल तस्बिर

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले बढेको छ। अधिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार छ सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७० कायम रहेको महासंघले जनाएको छ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: १८ फागुन २०७९ १२:२२ | Thursday, March 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast