लेखापढीका नाममा चर्को असुली गर्ने फर्मलाई प्रशासन प्रवेशमा रोक

हिमाल प्रेस १६ फागुन २०७९ १८:०६ | Tuesday, February 28, 2023
लेखापढीका नाममा चर्को असुली गर्ने फर्मलाई प्रशासन प्रवेशमा रोक

सुनसरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारणलाई ठगी गर्ने फर्मलाई जिल्ला प्रशासन कार्यालय प्रवेशमा रोक लगाएको छ। सेवा सहजीकरणका नाममा विभिन्न फर्ममा आबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै प्रशासनले अत्यावश्यक कामबाहेक कार्यालय प्रवेशमा रोक लगाएको हो।

सुनसरी जिल्ला प्रशासनका अनुसार कार्यालय बाहिर खुलेका फर्म र सोसँग आबद्ध व्यक्तिहरूले सर्वसाधारबाट चर्को शुल्क असुली गरेको पाइएको छ। च्र्को शुल्क असुली गरी सेवाग्राहीलाई मारमा पारेपछि सेवाग्राहीको हीतका लागि उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

लेखापढीसँग आबद्ध फर्मले सर्वसाधारणबाट फोटोकपीदेखि निवेदन, लिखित, हुलाक टिकट र अनलाइन फारमबापत चर्को शुल्क लिने गरेको प्रशासनको दाबी छ। सुनसरी प्रशासनले सरल र सहज सेवा प्रवाहका लागि कार्यालय भित्रैबाट निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको पनि बताएको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निःशुल्क उपलब्ध रहने सबै सेवा सोझै कार्यालयबाटै लिन सकिने बताइन्र त्यसका लागि कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कमा सम्पर्क गर्नुपर्ने उनको भनाइ थियो। उक्त सेवाहरूका लागि हेल्प डेस्कबाहेक कुनै फर्म वा कसैको सहजीकरण आवश्यक नपर्ने पाण्डेको भनाइ छ।

प्रशासनको कडाईपछि लेखापढी व्यवसायीले आफूहरूको रोजिरोटी खोसिएको गुनासो गरेका छन्। उनीहरूले प्रशासनको सो कदमको विरोध गरेका छन्। उनीहरूले निश्चित शुल्क लिएर आफूहरूले काम गर्न पाउनुपर्ने माग गरेका छन्।

प्रकाशित: १६ फागुन २०७९ १८:०६ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast