उग्रवामपन्थीको पतनको उदाहरण प्रचण्ड हुन् : एमाले महासचिव पोखरेल

हिमाल प्रेस १६ फागुन २०७९ १८:०७ | Tuesday, February 28, 2023
उग्रवामपन्थीको पतनको उदाहरण प्रचण्ड हुन् : एमाले महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखरेका छन्। एमालेसँगको गठबन्धन फुटाएर नेपाली कांग्रेसहितको गठबन्धनलाई सहयोग गरेपछि एमालेका नेताहरू रुष्ट छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गरेसँगै एमाले रुष्ट छ।

महासचिव पोखरेलले प्रचण्डलाई उग्रवामपन्थी अतिवादको पतनको उदाहरण भएको बताएका छन्। ‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा’, उनले भनेका छन्।

गत पुस १० मा कांग्रेसहितको गठबन्धन फुटाएर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यति बेला एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेका नेताहरूले दाबी गरिरहेका छन्। तर प्रचण्डले राष्ट्रिय सहमतिको कुरा उठाउँदै राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई सहयोग गर्न नसकिने बताए।

राष्ट्रपतिमा एमालेले सुवास नेम्बाङलाई उठाएको छ भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उठाएको छ।

प्रकाशित: १६ फागुन २०७९ १८:०७ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast