जगदम्बा इन्टप्राइजेज विद्युत प्राधिकरणको ठूलो ग्राहक, ४८ मेगावाट बिजुली आपूर्ति

हिमाल प्रेस ९ मंसिर २०७९ १२:२९ | Friday, November 25, 2022
जगदम्बा इन्टप्राइजेज विद्युत प्राधिकरणको ठूलो ग्राहक, ४८ मेगावाट बिजुली आपूर्ति प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ।

फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता बिस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत लिन लागेको हो। उद्योगले अहिले ४.८ मेगावाट विद्युत आपूर्ति लिइरहेको थियो।

प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत आपूर्ति गर्ने भएको छ। थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ।

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ। प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो।

योसँगै रवानीपुर १३२ केभी सबस्टेसनबाट विद्युत् आपूर्ति लिने जगदम्बा इन्टरप्राइजेज ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए। स्वीकृति लोडअनुसार विद्युत प्रयोग गरेमा उद्योगले मासिक २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ९ मंसिर २०७९ १२:२९ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast