मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

हिमाल प्रेस १५ फागुन २०७९ १५:२६ | Monday, February 27, 2023
मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

काठमाडौँ- अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजको भवनको उद्घाटन गरिएको छ। वि.सं. २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण भएको भवनको उद्घाटन सोमबार पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेकाहुन्।

सो क्रममा पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेकोमा यस्ता सहयोगले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउने बताए। राजदुत श्रीवास्तवले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भारत सरकारबाट सहयोग निरन्तर रहने बताए। मदन भण्डारी मेमोरियल कलेजको तीन तलाको भवनमा ३० कोठा छन्।

प्रकाशित: १५ फागुन २०७९ १५:२६ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast