प्रधानमन्त्रीको कतार भ्रमण रद्द

हिमाल प्रेस १५ फागुन २०७९ ७:०७ | Monday, February 27, 2023
प्रधानमन्त्रीको कतार भ्रमण रद्द

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण रद्द भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरूको सम्मेलनमा भाग लिन आउँदो शुक्रबार (फागुन १९) कतार जाने कार्यक्रम तय भएको थियो।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका थिए। परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औँ सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो।

प्रकाशित: १५ फागुन २०७९ ७:०७ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast