एनआईसी एशिया बैंकको फोन लोन सेवा सुरु

हिमाल प्रेस १४ फागुन २०७९ १४:४६ | Sunday, February 26, 2023
एनआईसी एशिया बैंकको फोन लोन सेवा सुरु

काठमाडौँ– एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपबाट डिजिटलरूपमा कर्जा प्रदान गर्ने ‘एनआईसी एशिया फोन लोन’ सेवा शुभारम्भ गरेको छ।

उक्त सेवाबाट ग्राहकले बिना कुनै कागजी प्रक्रिया, धितो एवं बैंककाे शाखामा उपस्थित नभई अधिकतम् २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन्। ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बक्यौता कर्जा नरहेकोलगायत अन्य केही सर्त एवं मापदण्डको आधारमा ग्राहकले यो कर्जा सेवा उपभोग गर्न सक्नेछन्।

कर्जा पाउन सक्ने मापदण्डबारे एपले नै स्वचालितरूपमा योग्यता मापन गरी प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्ने बैंकले जनाएको छ

प्रकाशित: १४ फागुन २०७९ १४:४६ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast