पोखराका वडा सदस्य सञ्जय श्रेष्ठको निधन

हिमाल प्रेस १४ फागुन २०७९ १०:०७ | Sunday, February 26, 2023
पोखराका वडा सदस्य सञ्जय श्रेष्ठको निधन

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य ५२ वर्षीय सञ्जयकुमार श्रेष्ठको निधन भएको छ। आइतबार बिहान ३ बजे फिस्टेल अस्पतालमा उपचार क्रममा निधन भएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। पछिल्लो समय बिरामी परेका उनलाई जन्डिस (कमलपित्त) समेत देखिएको थियो।

पोखरा गणेशटोल निवासी उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ।

नेपाली कांग्रेस पोखरा महानगर समितिका सचिव टुवराज बास्तोलाले महानगर समिति सदस्यसमेत रहेका वडा सदस्य श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित: १४ फागुन २०७९ १०:०७ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast