जसपा सांसद सहनाज रहमानको निधन

हिमाल प्रेस १३ फागुन २०७९ १४:०७ | Saturday, February 25, 2023
जसपा सांसद सहनाज रहमानको निधन सहनाज रहमान। फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)की सांसद सहनाज रहमानको निधन भएको छ। ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो।

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए। त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन्। उनी जसपाबाट समानुपातिक सा‌ं‌सद बनेकी थिइन्। अहिले अस्पतालमा सभामुख देवराज घिमिरेलगायत जाँदैछन्।

 

प्रकाशित: १३ फागुन २०७९ १४:०७ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast