पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि सिटौलाको प्रतिक्रिया : उहाँले अत्यधिक मतले जित्नु हुनेछ

हिमाल प्रेस १३ फागुन २०७९ ११:०९ | Saturday, February 25, 2023
पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि सिटौलाको प्रतिक्रिया : उहाँले अत्यधिक मतले जित्नु हुनेछ

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन्। पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत स्वीकार गरेको  पनि बताए। नेता सिटौलाले राष्ट्रपतिमा आफ्नो चर्चा हुनु स्वाभाविक रहेको बताए।  शुक्रबार बैठकमा सहभागी ८ दलले नै पूर्ण रुपमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने विश्वास सिटौलाको छ। उनले भने, ‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो। मेरो पनि चर्चा थियो, त्यो स्वभाविक पनि छ। सभापतिज्यूले प्रस्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौँ।’

अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहने भएकाले पौडेलको अत्यधिक मतले विजय निश्चित रहेको उनको दाबी छ।

राष्ट्रपति निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ।

प्रकाशित: १३ फागुन २०७९ ११:०९ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast