काठमाडौँ- नवलपरासीको सर्दीमा ग्लोबल आइएमई बैंकले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र सेवाको आवश्कतालाई मध्यनजर बैंकले विनयी–त्रिवेणी गाँउपालिका–४ स्थित सर्दीमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
बैंकको दुम्कीबास शाखा मातहत रहने गरी उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ। योसँगै बैंकको एक्सटेन्स काउन्टर संख्या ६४ पुगेको बैंकले जानकारी दिएको छ।
उक्त एक्सटेन्सन काउन्टरमार्फत् निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्स सुविधालगायतक सेवा प्रदान गरिने बैंकको भनाइ छ।
प्रकाशित: १२ फागुन २०७९ १८:४० | Friday, February 24, 2023
प्रतिक्रिया



