नियमित पानी नआउने धारा जडानमार्फत पनि शुल्क असुल्दै सरकार

पानी आपूर्ति सहज बनाउन सांसद पौडेलको माग

हिमाल प्रेस १२ फागुन २०७९ १५:४२ | Friday, February 24, 2023
नियमित पानी नआउने धारा जडानमार्फत पनि शुल्क असुल्दै सरकार

काठमाडौँ- काठमाडौँ उपत्यकामा खानेपानीको भयावह अवस्था अन्त्य गर्न माग गरिएको छ। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको भयावह अवस्था रहेकोले आपूर्ति सहज बनाउन माग गरेका हुन्।

सांसद पौडेलले खानेपानीको भयावह अवस्था अन्त्य गर्ने योजना संसद्‍मा पेस गर्न सरकारसँग माग गरे। शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौँ उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसद्‍मा पेस गर्न माग गरे। ‘खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भए पनि काठमाडौँ उपत्यकाको करिब ६५ प्रतिशत घरका धारामा पानी नआउने दाबी पौडेलको थियो।

उपत्यकामा नियमित पानी नआउने धारा समेत रहेको दाबी गर्दै उनले नियमित पानी नआउने धारा राखेबापत पनि सरकारले शुल्क नियमित असुल गरिरहेको बताए। मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी आपूर्तिका लागि बनेको नयाँ सञ्जाल प्रभावकारी नहुँदा ५० प्रतिशतभन्दा बढी पानी चुहावट भइरहेको सांसद पौडेलको भनाइ थियो।

प्रकाशित: १२ फागुन २०७९ १५:४२ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast