भ्वाइस किड्स सिजन-२ फागुन २६ गतेदेखि प्रसारण हुने

हिमाल प्रेस ११ फागुन २०७९ १७:५६ | Thursday, February 23, 2023
भ्वाइस किड्स सिजन-२ फागुन २६ गतेदेखि प्रसारण हुने

काठमाडौँ– बाल गायनमा आधारित टेलिभिजन रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण मिति सार्वजनिक भएको छ।

बिहीबार (आज) पत्रकार सम्मेलन गर्दै नयाँ सिजनको मिति सार्वजनिक गरिएको हो। शो आगामी फागुन २६ गतेदेखि प्रसारण हुनेछ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार कार्यक्रम हिमालय टेलिभिजनमा प्रत्येक हप्ताको शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ।

डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकमध्येबाट ६५ जनाले ‘ब्लाइन्ड अडिसन’मा पर्नेछन्। यसका लागि सहभागीले निर्णायकको कुर्सी घुमाउन सफल हुनुपर्ने छ।

पहिलो सिजनको उपाधिमा टिम प्रमोदका तर्फबाट झापाका जेनिश उप्रेतीले विजय भएका थिए।

यस सिजनको निर्णायकहरूमा गायक सुशान्त केसी थपिएका छन्। उनीसहित अन्यमा प्रमोद खरेल प्रविशा अधिकारी र मिलन नेवार रहने छन्।

प्रकाशित: ११ फागुन २०७९ १७:५६ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast