राष्ट्रपतिको उम्मेदवार बारे छलफल गर्न कांग्रेस कार्यसमिति बैठक बस्दै

हिमाल प्रेस ११ फागुन २०७९ ६:३९ | Thursday, February 23, 2023
राष्ट्रपतिको उम्मेदवार बारे छलफल गर्न कांग्रेस कार्यसमिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजेबाट सुरु हुने बैठकले भाबी राष्ट्रपतिको उम्मेदवारबारे कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भएको भेटघाटपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।
तर, नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन्।

प्रकाशित: ११ फागुन २०७९ ६:३९ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast