एक व्यक्तिले एउटाभन्दा बढी लघुवित्तबाट कर्जा नपाउने

हिमाल प्रेस १० फागुन २०७९ १८:५८ | Wednesday, February 22, 2023
एक व्यक्तिले एउटाभन्दा बढी लघुवित्तबाट कर्जा नपाउने राष्ट्र बैंक

काठमाडौँ- अबदेखि एक व्यक्तिले एउटाभन्दा बढी लघुवित्तबाट कर्जा लिन नपाउने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त तथा वित्तीय संस्थाका लागि निर्देशन जारी गर्दै एक अवधिमा एक व्यक्तिले एउटा लघुवित्तबाट मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको हो।

यसअघि कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालनका लागि जति पनि लघुवित्तबाट कर्जा पाउने व्यवस्था थियो। पछिल्लो समय लघुवित्तले समूह जमानीमा प्रवाह गरेको कर्जा असुल्न मानसिकदेखि शारीरिक यातनासमेत दिने गरेको भन्दै विरोध भइरहेको छ।

यातनाकै कारण एउटा लघुवित्तको कर्जा तिर्न अर्को लघुवित्तबाट कर्जा लिने प्रवृत्ति बढेको थियो। यसलाई रोक्न राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरेको हो। यसका साथै अबदेखि क, ख वा ग वर्गका बैंकबाट कर्जा लिएका व्यक्तिले लघुवित्तबाट कर्जा पाउने छैनन्।

प्रकाशित: १० फागुन २०७९ १८:५८ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast