विराटनगरका नगर प्रहरीलाई विद्युतीय साइकल

हिमाल प्रेस १० फागुन २०७९ १९:०६ | Wednesday, February 22, 2023
विराटनगरका नगर प्रहरीलाई विद्युतीय साइकल

विराटनगर- विराटनगर महानगरपालिकाले नगर प्रहरीलाई विद्युतीय साइकल वितरण गरेको छ। नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन विद्युतीय साइकल वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ।

सुरुमा तीन थान साइकल उपलब्ध गराइए पनि विस्तारै थप गर्दै लैजाने योजना महानगरपालिकाले बनाएको छ। महानगरपालिकाले विराटनगर शहरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियान सुरु गरेको छ। सोही अभियानका लागि नगर प्रहरीको काम जिम्मेवारपूर्ण बनाउन विद्युतीय साइकल वितरण गरिएको महानगरको भनाइ छ।

बुधबार महानगर परिसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई विद्युतीय साइकलको साँचो हस्तान्तरण गरेका छन्।

महानगर प्रमुख कोइरालाले नगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार विद्युतीय साइकल उपलब्ध गराइएको बताए। नगर प्रहरीलाई जिम्मेवार भएर छिटो छरितो काम गर्न पनि प्रमुख कोइरालाले निर्देशन दिए। रासस

प्रकाशित: १० फागुन २०७९ १९:०६ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast