राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो कार्यसमिति बैठक

हिमाल प्रेस १० फागुन २०७९ १२:२१
4
SHARES
राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो कार्यसमिति बैठक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको चुनावबारे निर्णय लिन केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। आसन्न राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने निर्णय लिन राप्रपाले बैठक बोलाएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार १२ फागुनमा बस्ने केन्द्रीय सम्पादन समितिको बैठकबाट राष्ट्रपतिको समीकरणबारे निर्णय हुनेछ। राप्रपा पुस १० को सहमति अनुसार राष्ट्रपतिको उम्मेदवार चयन हुनुपनर्ने अडानमा छ।

पुस १० मा सत्ता गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिनुपर्ने सहमति भएको थियो। सोही सहमति कार्यान्वयन गर्नुपर्ने अडान राप्रपाको छ। यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेपाली कांग्रेसले प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि सोही सहमति कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन्। तर गठबन्धनभित्र भने राप्रपा एमालेसँग नजिक रहेको मानिन्छ।

 

प्रकाशित: १० फागुन २०७९ १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =