११.५६ अंकले बढ्यो नेप्से, ९२ करोडको कारोबार

हिमाल प्रेस ८ मंसिर २०७९ १५:२२ | Thursday, November 24, 2022
११.५६ अंकले बढ्यो नेप्से, ९२ करोडको कारोबार

काठमाडौँ- बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.५६ अंकले बढेको छ। १९२२.७२ बिन्दुबाट सुरु भएको बजार उतारचढावका बीच १९३३.५५ बिन्दुमा उक्लिएको हो।

आज घल्याम्दी हाइड्रो लिमिटेड, आरएमडीसी लघुवित्त, साइन रेसुङ्गा विकास बैंकलगायत १२४ कम्पनीको सेयर मूल्य बढेको छ।

किसान लघुवित्त वित्तीय संस्था, सिटिजन म्युचुअल फन्ड–२, समता घरेलु लघुवित्तलगायत ४९ कम्पनीको मूल्य घटेको छ। बिहीबार १७ कम्पनीको मूल्य भने स्थिर रह्यो।

आज २३२ कम्पनीको २५ लाख ६९ हजार सेयर खरिदबिक्री हुँदा ९२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार निर्जिवन बिमा उपसमूहको सूचक ०.०४ प्रतिशतले घटेको छ। बाँकी सबै उपसमूहको सूचक बढेको छ। आज विकास बैंक, फाइनान्स, उत्पादन, अन्य र व्यापार उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ।

प्रकाशित: ८ मंसिर २०७९ १५:२२ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast