‘नांगो गाउँ’ मा साम्राज्ञी र कार्म अनुबन्धित

हिमाल प्रेस ९ फागुन २०७९ १२:४३ | Tuesday, February 21, 2023
‘नांगो गाउँ’ मा साम्राज्ञी र कार्म अनुबन्धित

काठमाडौँ- फिल्म ‘नांगो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कार्म अनुबन्धित भएका छन्।

उनीहरूसँगै कलाकारको टिम पूरा भएको निर्माण पक्षले जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि दयाहाङ राई र मिरुना मगर भित्रिएका थिए।

फिल्ममा अन्य कलाकारहरू शिशिर वाङ्देल, रवीन्द्र झा, वुद्धि तामाङ, पुष्कर गुरुङलगायतको पनि अभिनय रहनेछ। आलोक शुक्लाको छायांकन रहने फिल्ममा मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको छ। फिल्मको छायांकन यही फागुनको अन्तिम साताबाट सुरु हुने बताइएको छ।

‘नांगो गाउँ’ लामाको पाँचौँ फिल्म हुनेछ। यसअघि ‘गोपी’, ‘घामपानी’, ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरेका छन्। लामा नेपाली फिल्म क्षेत्रमा फरक धारको फिल्म बनाउने निर्देशक मानिन्छन्।

प्रकाशित: ९ फागुन २०७९ १२:४३ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast