प्रजातन्त्र दिवसको अवसरमा क्यानडामा विशेष कार्यक्रम

हिमाल प्रेस ८ फागुन २०७९ २०:५४ | Monday, February 20, 2023
प्रजातन्त्र दिवसको अवसरमा क्यानडामा विशेष कार्यक्रम

काठमाडौँ- क्यानडास्थित नेपाली दूतावासले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। आइतबार ७३औं प्रजातन्त्र दिवसको अवसरमा क्यानडाको ओटावास्थित नेपाली दूतावासले विशेष कार्यक्रम आयोजना गरेको हो।

सो क्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले क्यानडास्थित नेपाली सामुदायलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले विसं २००७ मा प्रजातन्त्रको स्थापनाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन व्यवस्थाको लक्ष्य पूरा गर्ने मार्ग प्रशस्त भएको बताए।

हालसम्म भएका उपलब्धिलाई सुदृढ गर्दै अघि बढ्नुपर्ने बताउँदै राजदूत ढुंगानाले समाजमा लोकतान्त्रिक संस्कृतिको प्रवर्द्धनका लागि आ-आफ्नो क्षेत्रबाट योगदान दिन सबैलाई आग्रह गरे। उनले नेपाल–क्यानडा सम्बन्धका विभिन्न पक्षबारे जानकारी गराउँदै दुई देशबीचको सहकार्य थप बलियो बनाउनुपर्ने बताए। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका महासचिव अनुप सुवेदीलगायत क्यानडामा रहेका अन्य नेपालीको पनि उपस्थिति थियो।

प्रकाशित: ८ फागुन २०७९ २०:५४ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast