‘बाफ्टा’मा जर्मन फिल्मले जित्यो सात अवार्ड

हिमाल प्रेस ८ फागुन २०७९ १३:५० | Monday, February 20, 2023
‘बाफ्टा’मा जर्मन फिल्मले जित्यो सात अवार्ड

काठमाडौँ- ‘ब्रिटिस एकेडेमी फिल्म अवार्डस २०२३’ सम्पन्न भएको छ। लन्डनको रोयल फेस्टिभल हलमा फेब्रअरी १९ मा अवार्ड समारोह भएको थियो।

७६ औँ संस्करणको बाफ्टामा जर्मन फिल्म ‘अल क्वाइट अन अन द वेस्टर्न फ्रन्ट’ हाबी रह्यो। उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक गरी सात वटा विधामा फिल्मले अवार्ड हात पार्यो‍।

‘टार’ अभिनेत्री केट ब्ल्यान्चेट उत्कृष्ट अभिनेत्री भइन् भने उत्कृष्ट अभिनेताको अवार्ड अस्टिन बटलरले पाए। उनले फिल्म ‘एल्भिस’का लागि सो अवार्ड पाएका हुन्।

फिल्म ‘द बान्सिस अफ इनिसिरिन’का लागि केरी कोन्डोनले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितिन्। सोही फिल्मका लागि बेरी कियोघन उत्कृष्ट सहायक अभिनेता बने।

उत्कृष्ट बेलायती फिल्म ‘द बान्सिस अफ इनिसिरिन’ नै बन्यो। यही फिल्मले उत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि जित्यो। फिल्मले गोल्डन ग्लोबमा पनि थुप्रै अवार्ड हात पारेको थियो।

भारतीय फिल्म ‘अल देट ब्रिथ्स’ उत्कृष्ट वृत्तचित्र विधामा मनोनयनमा परेको थियो। तर अवार्ड भने जित्न सकेन।

प्रकाशित: ८ फागुन २०७९ १३:५० | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast