कारबाही गर्ने बुझेपछि दुर्गा प्रसाईंले गरे एमाले छाड्ने घोषणा

हिमाल प्रेस ८ फागुन २०७९ ८:१९ | Monday, February 20, 2023
कारबाही गर्ने बुझेपछि दुर्गा प्रसाईंले गरे एमाले छाड्ने घोषणा

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य केन्द्रीय सदस्य दुर्गा प्रसाईले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। उनले आइतबार (हिजो) झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले छाड्ने बताएका थिए।

‘म अब एमाले रहन्न,’ प्रसाईंले भने,‘काठमाडौँ गएर हजुरबा (केपी शर्मा ओली) लाई राजीनामा बुझाउँछु।’ उनले एमाले र ओलीको आलोचना समेत गरेका छन्।

केही दिनअघि झापाको काँकडभिट्टामा पूर्वराजाको परिवारलाई भेला गरेर एक धार्मिक अभियान सुरु गरेका छन्। पार्टीको निर्णय विपरीत कामकारबाही गरेको भन्दै प्रसाईमाथि एमाले प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको छ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रसाईंको विषयमा गम्भीररूपमा लिएका छैनन्। प्रसाईं ओली प्रिय मानिए पनि पछिल्लो समय सम्बन्ध बिग्रिएको छ।

ओलीकै कारण प्रसाईं एमालेमा आएका थिए। कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रिय मानिने प्रसाईं नेकपा विभाजित भएर एमाले र माओवादी बन्दा एमालेमै रहेका थिए।

प्रकाशित: ८ फागुन २०७९ ८:१९ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast