राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस ८ फागुन २०७९ ७:०५
10
SHARES
राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ। ​राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो।

बैठक आज ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

सत्ता गठबन्धनमा आवद्ध प्रमुख दल एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेको छ भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित: ८ फागुन २०७९ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =