सेनाका पूर्वप्रमुखहरूको सम्मेलन सम्पन्न

हिमाल प्रेस ७ फागुन २०७९ २१:०६ | Sunday, February 19, 2023
सेनाका पूर्वप्रमुखहरूको सम्मेलन सम्पन्न

काठमाडौँ- नेपाली सेनाको मुख्यालय जंगी अड्डामा सेनाका पूर्वप्रमुखहरूको सम्मेलन सम्पन्न भएको छ। नेपाली सेना स्थापना दिवसको २६०औं वार्षिकोत्सवको अवसरमा नेपाल तथा भारतीय सेनाका पूर्वप्रमुखहरूको सम्मेलन सम्पन्न भएको हो।

नेपाली सेनाले शनिबार मनाएको सेना दिवसमा सहभागी हुन आएका भारतीय पूर्वसेनाध्यक्षहरू र उनीहरूका नेपाली समकक्षीहरूको सम्मेलन गरिएको नेपाली सेनाले जानकारी दिएको छ। सम्मेलनमा सहभागीहरूबीच दुई देशको आपसी हितलगायत विषयमा छलफल गरिएको नेपाली सेनाको भनाइ छ। कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माको पनि उपस्थिति थियो।

प्रकाशित: ७ फागुन २०७९ २१:०६ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast