पर्वतको गुप्तेश्‍वर र अलपेश्‍वर गुफामा शिवभक्तहरूको घुइँचो

हिमाल प्रेस ६ फागुन २०७९ १७:२८ | Saturday, February 18, 2023
पर्वतको गुप्तेश्‍वर र अलपेश्‍वर गुफामा शिवभक्तहरूको घुइँचो

पर्वत– महाशिवरात्रिका अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफालगायत शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।

गुप्तेश्वर गुफाभित्रको शिवलिंगको दर्शन एवम् पूजा गर्न टाढाटाढाबाट भक्तजन आएका छन्। उक्त गुफामा पार्वतीले महादेवलाई पतिका रूपमामा पाऊँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास छ।

पार्वती पर्वतकै पांगमा जन्मिएका र गुफामा ब्रत बस्ने तथा उहाँले कालीगण्डकीमा स्नान गरेको विश्वास गरिन्छ। १ किलोमिटर लामो उक्त गुफामा देवीदेवताका दर्जनौँ आकृति छन्।

यस्तै सदरमुकाम कुस्मानजिकै कटुवाचौपारीस्थित अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ। पर्वत, कास्की र स्यांजाको सिमानामा पर्ने पञ्चासे, डहरे र सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिला, ठूलीपोखरीको बाटुलेचौरलगायत शिवालयमा आज मेला लागेको छ।

पाङको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफा पनि मेला लागेको छ। यस्तै मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर र बागलुङको गौरीधाम मन्दिर तथा ग्रामीण क्षेत्रका अन्य शिवमन्दिमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। -रासस

प्रकाशित: ६ फागुन २०७९ १७:२८ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast