पोखरा म्याराथनको उपाधि केन्याका खेलाडीलाई

हिमाल प्रेस ६ फागुन २०७९ १२:५९ | Saturday, February 18, 2023
पोखरा म्याराथनको उपाधि केन्याका खेलाडीलाई

पोखरा- १७ औँ सफल पोखरा म्याराथनको उपाधि केन्याका स्टेफेन कोस्गेईले जितेका छन्। उनी अघिल्लो संस्करणको पनि उपाधि विजेता हुन्। पोखरामा शनिबार भएको प्रतियोगितामा उनले निर्धारित दूरी (४२.१९५ किमी) २ घन्टा २० मिनेट ७ सेकेण्डमा पार गर्दै उपाधिसहित ५ लाख रुपैयाँ जितेका हुन्।

म्याराथनमा केन्याकै जुलियस मुरौकीले २ घन्टा २० मिनेट ३७ सेकेण्डमा दूरी पार्दै दोस्रो स्थानमा चित्त बुझाए। तेस्रो स्थानमा विभागीय त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ आए। उनले २ घन्टा २५ मिनेट १४ सेकेण्डमा दूरी पार गरेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ।

उनीहरूले क्रमशः ३ लाख, तेस्रोले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। म्याराथनमा १६ देशको प्रतिनिधित्व थियो। प्रतियोगितामा विभिन्न इभेन्टमा गरी करिब ९ हजार ७ सय धावक शनिबार पोखरामा दौडिएका हुन्।

नेपालका सातै प्रदेशको प्रतिनिधित्व रहेको प्रतियोगितामा दार्चुलादेखि बैतडीसम्मका ३७ जिल्लाका धावकले भाग लिएका थिए। १६ देशमध्ये नेपालसहित केन्या, इथियोपिया, सर्विया, अमेरिका, इजिप्ट, स्वीट्जरल्यान्ड, अष्ट्रेलिया, मोल्डुवा, भारत, चीन, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्ड देशका धावकले भाग लिएका थिए।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पर्यटकीय नगरी पोखरामा एम्समा दर्ता यता पहिलो पल्ट म्याराथन भएको हो।

प्रकाशित: ६ फागुन २०७९ १२:५९ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast