राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको सजाय मिनाहा

हिमाल प्रेस ५ फागुन २०७९ २१:२० | Friday, February 17, 2023
राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको सजाय मिनाहा फाइल तस्बिर।

काठमाडौँ– प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जना कैदीबन्दीको सजाय मिनाहा गरेकी छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले कैद सजाय तथा जरिबाना मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्ति जारी गर्दै अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाएका छन्।

प्रकाशित: ५ फागुन २०७९ २१:२० | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast