प्रहरी छात्रवृत्ति कोषमा ग्लोबल आइएमई बैंकको २५ लाख

हिमाल प्रेस ५ फागुन २०७९ १५:५० | Friday, February 17, 2023
प्रहरी छात्रवृत्ति कोषमा ग्लोबल आइएमई बैंकको २५ लाख

काठमाडौँ- ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ। ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको हो। शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकम बराबरको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरे।

कोष सञ्चालनमा लागि बैंक र नेपाल प्रहरी कल्याण कोषबीच सम्झौता पनि गरिएको छ। सो क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिका लागि छात्रवृत्तिमा बैंकको योगदान अमूल्य रहेको बताए। उक्त रकमले प्रहरी कर्मचारीको मनोबल बढाउन थप टेवा पुग्ने उनको भनाइ थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले प्रहरीलाई सहयोग गर्ने पाएकोमा खुसी लागेको बताए। आगामी दिनमा पनि नेपाल प्रहरी र बैंकबीच सहयोग तथा सहकार्य आदानप्रदान हुने उनको भनाइ थियो।

प्रकाशित: ५ फागुन २०७९ १५:५० | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast