युनिटी जर्नलका लेखकहरूलाई प्रधान सेनापतिद्वारा पुरस्कार र कदर पत्र प्रदान

नेपाली सेनाको युनिटी जर्नल चौथो संस्करण विमोचन

हिमाल प्रेस ५ फागुन २०७९ १५:१५ | Friday, February 17, 2023
युनिटी जर्नलका लेखकहरूलाई प्रधान सेनापतिद्वारा पुरस्कार र कदर पत्र प्रदान

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले सामरिक लेखहरूको संग्रह युनिटी जर्नल चौथो संस्करणको विमोचन गरेका छन्।

महाशिवरात्रि एवम् नेपाली सेनाको २६० औं स्थापना दिवसको उत्सवका अवसरमा बिहीबार एक विशेष समारोबीच सेनापति शर्माले उक्त संग्रह विमोचन गरेका हुन्।

बौद्धिक वर्ग, प्राध्यापक र शोधकर्ताहरूलाई सहभागी गराई राष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित रही सञ्चालन गरिएको खुला सामरिक लेखरचना प्रतियोगिता-०७९ का उत्कृष्ट २६ वटा लेखरचनाहरू संग्रहमा समावेश छन्।

संग्रहमा प्रकाश विष्‍ट, मानार्थ उपरथी पदम बहादुर सिंह (अ.प्रा.) र डा. हिन्दू संस्कृति कार्कीद्वारा लिखित लेख रचनाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन्।

उनीहरूलाई सेनापति शर्माबाट क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ नगद पुरस्कार तथा कदर पत्र प्रदान गरे। कार्यक्रममा सेनापति शर्माले सहभागी लेखकहरूलाई पुरस्कार तथा कदर पत्र प्रदान गरे।

कार्यक्रममा बलाध्यक्ष रथी श्री सीताराम खड्का, प्राध्यापक वर्ग, रथीवृन्द, युनिटी जर्नलका विषय विज्ञ तथा सम्पादक, लेखक, नेपाली सेनाका अधिकृतलगायत उपस्थित थिए।

यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्‍न आयामहरूमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्र प्रेम एवम् राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास लिएको सेनाले जनाएको छ।

प्रकाशित: ५ फागुन २०७९ १५:१५ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast