लोसपाले बोलायो कार्यकारिणी बैठक, राष्ट्रपतिबारे छलफल हुने

हिमाल प्रेस ५ फागुन २०७९ १२:१० | Friday, February 17, 2023
लोसपाले बोलायो कार्यकारिणी बैठक, राष्ट्रपतिबारे छलफल हुने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ। फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ।

लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ। त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ । पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि छलफल भइरहेको छ।

शीर्ष नेताको बीचमा सहमति भएपछि त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुंगो लगाउने तयारी छ।

 

प्रकाशित: ५ फागुन २०७९ १२:१० | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast