माघमा बैंकको निक्षेपमा सुधार

हिमाल प्रेस ४ फागुन २०७९ २०:३७ | Thursday, February 16, 2023
माघमा बैंकको निक्षेपमा सुधार राष्ट्र बैंक

काठमाडौँ- माघ महिनामा वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ। गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकहरूको निक्षेप संकलन २५ अर्ब रुपैयाँले बढेको हो। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको निक्षेप बढेको हो । तर बैंकहरूको कर्जा लगानीमा भने कमी आएको छ । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांक छ।

संघका अनुसार माघको पहिलो साता निक्षेप ८ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ८ अर्ब पुगेको थियो। पहिलो साता घटेको निक्षेप दोस्रो साता १२ अर्ब, तेस्रो साता ३ अर्ब र चौथो साता ४ अर्ब रुपैयाँले बढेको थियो। माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप १४ अर्ब रुपैयाँले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो।

गत पुसमा बैंकले ४२ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका थिए । पुसको तुलनामा माघमा १२ अर्ब रुपैयाँ बराबर मात्रै कर्जा प्रवाह भएको छ। माघमा बैंकहरूले १२ अर्ब रुपैयाँ कर्जा बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन्। माघ २७ गतेसम्म बैंकको कर्जा ४२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो। रासस

प्रकाशित: ४ फागुन २०७९ २०:३७ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast