खुलेआम तोडफोड र लुटपाट अशोभनीय : महासंघ

हिमाल प्रेस ४ फागुन २०७९ १८:३२ | Thursday, February 16, 2023
खुलेआम तोडफोड र लुटपाट अशोभनीय : महासंघ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले खुलेआम तोडफोड र लुटापट हुनु अशोभनीय रहेको बताएको छ। मंगलबार ल्होत्से मलमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महासंघले खुलेआम तोडफोड र लुटपाट हुनु शोभनीय नरहेकाले तोडफोडमा संलग्नलाई कारवाही गर्न माग गरेको हो। ‘नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा त्यसक्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाप्रति ध्यानाकर्षण भएको छ’ महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, ‘महासंघ त्यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ।’

लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने अधिकार भए पनि जनताको सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि रहेको भन्दै महासंघले मंगलबारको घटनामा संलगनलाई कारवाही गर्न माग गरेको छ।

‘घटनामा संलग्न तत्वलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही नगरेमा जुनसुकै समयमा यस्ता घटना दोहोरिन सक्ने चिन्ता रहेको महासंघले बताएको छ। ‘उक्त घटनामा संलग्न व्यक्तिलाई तत्काल कानूनी कारवाही हुनुुपर्नेतर्फ महासंघ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछ’ महाुंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। व्यवसायीका लुटिएका सामान फिर्ता गराउन समेत महासंघले माग गरेको छ।

प्रकाशित: ४ फागुन २०७९ १८:३२ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast