नेपालको खानेपानी खाडी मुलुकमा बिक्रीको लक्ष्यका साथ काम गरिरहेका छौं : खानेपानीमन्त्री

'पानी बजारको माफियातन्त्र नियन्त्रण गर्छौं'

हिमाल प्रेस ४ फागुन २०७९ १६:४२ | Thursday, February 16, 2023
नेपालको खानेपानी खाडी मुलुकमा बिक्रीको लक्ष्यका साथ काम गरिरहेका छौं : खानेपानीमन्त्री उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान।

काठमाडौँ– खानेपानीमन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा आयोजित खानेपानी समस्या समाधानका लागि टोल फ्रि नम्बर सार्वजनिक गर्दै मन्त्री खानले यस्तो बताएका हुन्। देशभर सर्वसुलभ रूपमा खानेपानी पुर्‍याएर अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्ने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

‘खाडी मुलुकमा मात्रै नेपालको खानेपानी बिक्री गर्न सके मुलुकको अर्थतन्त्रमासमेत सहयोग पुग्नेछ,’ उनले भने, ‘नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ काम अघि बढाइरहेका छौं।’

सिंहदरबारमा खानेपानी पुर्‍याउने र कल सेन्टरको काम पुरा भएको भन्दै उनले अब मन्त्रालयको ध्यान विमानस्थल, बसपार्कलगायत सार्वजनिक स्थानमा धारा जडान गर्नेमा रहेको मन्त्री खानले बताए।

पानीको व्यापारमा माफियातन्त्र देखिएकाले यसलाई नियन्त्रण उनले बताए।

प्रकाशित: ४ फागुन २०७९ १६:४२ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast