काठमाडौँ- जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक फागुन ७ गते आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुनेछ।
विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
प्रकाशित: ४ फागुन २०७९ १६:२६ | Thursday, February 16, 2023
प्रतिक्रिया





