अखिलको अध्यक्षमा तीन जनाको उम्मेदवारी

हिमाल प्रेस ४ फागुन २०७९ ७:३३
8
SHARES
अखिलको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ।
अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ । ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने ।

महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चार जना र सचिव १० जना चयन हुनेछन् । जारी महाधिवेशनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ।

मंगलबारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आइतबार सुरु भएको हो महाधिवेशन आजसम्म चल्नेछ।

प्रकाशित: ४ फागुन २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast