नेपालको ब्याटिङमा सुधार : नामिबियाका कप्तान इरास्मस

हिमाल प्रेस २ फागुन २०७९ २०:३९ | Tuesday, February 14, 2023
नेपालको ब्याटिङमा सुधार : नामिबियाका कप्तान इरास्मस

काठमाडौँ– नेपाल र नामिबियाबीच मंगलबार भएको खेलमा नेपालको जितेपछि नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले नेपालको ब्याटिङमा सुधार भएको प्रतिक्रिया दिएका छन्। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको क्रिकोणात्मक खेलको पहिलो खेलमा नेपालको जितपछि उनले नेपाली क्रिकेट टोली विगतमा ब्याटिङ पक्ष सुधारका लागि संघर्षरत रहे पनि अहिले केही सुधार भएको बताएका हुन्।

त्रिवि क्रिकेट मैदान ब्याटिङ पिच भएकाले दोस्रो इनिङलाई जित्न सहज भएको उनको भनाइ थियो। घरेलु टोलीलाई दर्शकको समर्थक रहेको समेत उनले बताए। क्रिकेट खेलको मज्जा नै प्रतिस्पर्धा रहेको भन्दै उनले मंगलबारको खेल प्रतिस्पर्धात्मक रहेको बताए।

क्रिकेटमा विकेट जोगाउँदै खेल्न सक्नु राम्रो पक्ष रहेको भन्दै उनले अहिले नेपाली टोली पनि विकेट जोगाउँदै खेल्न अभ्यस्त हुन थालेको बताए। नामिबिया र नेपालबीच मंगलबार भएको खेलमा नामिबिया २ विकेटले हारेको थियो।

प्रकाशित: २ फागुन २०७९ २०:३९ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast