पूर्वअर्थमन्त्री फोरमले बृहत् आर्थिक बहस आयोजना गर्ने

हिमाल प्रेस २ फागुन २०७९ १५:१० | Tuesday, February 14, 2023
पूर्वअर्थमन्त्री फोरमले बृहत् आर्थिक बहस आयोजना गर्ने

काठमाडौँ- पूर्वअर्थमन्त्री फोरमले बृहत् आर्थिक बहस आयोजना गर्ने भएको छ। देशको वर्तमान आर्थिक अवस्था र सुधारका सम्भावित उपायमा केन्द्रित भएर फोरमले निकट भविष्यमा बृहत् आर्थिक बहस आयोजना गर्ने भएको हो।

देशको समग्र आर्थिक अवस्थामा देखिएका समस्या तथा चुनौतीको समुचित निकास पहिल्याउने उद्देश्यले फोरमको आयोजनामा सरोकारावाला पक्षहरूको सहभागिता हुने गरी बृहत् आर्थिक बहस आयोजना हुने बताएको छ। बृहत आर्थिक बहस कार्यक्रम सञ्चालन गर्ने र आवश्यक तयारीसमेत अघि बढेको पूर्वअर्थमन्त्री फोरमका सदस्य सचिव विमल केडियाले जानकारी दिए। यसअघि फोरमले गत साता देशको वर्तमान आर्थिक अवस्था र सुधारका सम्भावित उपायमा केन्द्रित छलफल गरेको थियो।

बैठकमा अर्थतन्त्रलाई बलियो र दिगो बनाउन दीर्घकालीन नीति तर्जुमा र कार्यान्वयन विषयमा छलफल गरिएको थियो। त्यस्तै वर्तमान आर्थिक अवस्थाको सुधार र स्तरोन्नतिका लागि सुरक्षित एवं लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने, लगानीकर्तालाई प्रोत्साहन गरिनुपर्ने, मौजुदा नीतिनियममा सुधार गरिनुपर्नेमा सहभागी पूर्वमन्त्रीहरूले जोड दिए। विगत केही समयदेखि उत्पन्न तरलताको समस्या र बढ्दो ब्याजदरको कारण आम उद्योग-व्यवसायमा परेको असरबारे पनि छलफल गरिएको थियो।

नेपाल सरकारको कमजोर पूँजीगत खर्च गर्ने प्रणालीमा व्यापक सुधार गर्न, चालू खर्चमा भएको बढोत्तरीलाई न्यूनीकरण गर्दै मितव्ययिता अपनाउन र विदेशी मुद्रा आर्जन कसरी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल  भएको थियो।
बैंठकमा पूर्वअर्थमन्त्रीहरू डा. सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, अर्थ सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए।

प्रकाशित: २ फागुन २०७९ १५:१० | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast