उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता

हिमाल प्रेस २ फागुन २०७९ १३:४६ | Tuesday, February 14, 2023
उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता

काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धीसम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा धारणा राखेका थिए।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा चासो राखेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

भेटका क्रममा रक्सौल–काठमाडौ‍ँ रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको बताइएको छ।

प्रकाशित: २ फागुन २०७९ १३:४६ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast