म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ २२:०७ | Wednesday, November 23, 2022
म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित

पाेखरा– म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उमेदवार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्। सत्तागठबन्धनबाट उमेदवार कांग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गरेका हुन्।

गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गरेका छन् । खम्बिर यसअघि ०७० र ०७४ मा एमालेका उमेदवारसँग झीनो मतान्तरले पराजित भएकाेमा यसपालि सफल भएका हुन् । म्याग्दीमा कांग्रेसले २३ वर्षपछि जित निकालेको हो। आइतबार भएको मतदानमा ८६ हजार १२० जना मध्ये ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा यसअघि नै गठबन्धनबाट उमेदवार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) निर्वाचित भइसकेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ २२:०७ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast