हलमा लागे ‘सारथी’ र ‘ककाकिकी’

हिमाल प्रेस ११ मंसिर २०८३ ११:४४ | Friday, November 27, 2026
हलमा लागे ‘सारथी’ र ‘ककाकिकी’

काठमाडौँ- आजदेखि हलमा दुई फिल्म लागेका छन्।विषयवस्तुका हिसाबले दुवै फिल्म फरक भए पनि कलाकारका हिसाबले भने दुवैमा पुरानो पुस्ताकै वर्चस्व छ।

कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’ र बिक्की अग्रवाल-श्रद्धा प्रसाईंको निर्देशनमा  रहेको ‘ककाकिकी’ आजदेखि हलमा लागेका छन्।  ‘सारथी’ मा फिल्म ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका छ। यो उनीहरूको २२ वर्षपछिको सहकार्य हो।

फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा छन्। ‘ककाकिकी’मा भने तृप्ति नाडकर, गौरी मल्ल र रेखा थापालगायतका कलाकारको अभिनय छ । दुई फिल्ममध्ये शो संख्यामा ‘ककाकिकी’ अगाडि देखिन्छ । यसको देशव्यापी शो ८० माथि छ । ‘सारथी’ले ५० शो पाएको छ ।

प्रकाशित: ११ मंसिर २०८३ ११:४४ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast