यी ७ निर्माण कम्पनी १ वर्षदेखि अढाई वर्षका लागि कालोसूचीमा

हिमाल प्रेस ११ मंसिर २०८३ ६:४४ | Friday, November 27, 2026
2
SHARE
यी ७ निर्माण कम्पनी १ वर्षदेखि अढाई वर्षका लागि कालोसूचीमा

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

१ वर्षदेखि अढाई वर्षका लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रकाशित: ११ मंसिर २०८३ ६:४४ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast