यूईएफए च्याम्पियन्स लिग : बराबरीमा रोकिए आर्सनल र डर्टमन्ड

हिमाल प्रेस ९ मंसिर २०८३ ९:३२ | Wednesday, November 25, 2026
यूईएफए च्याम्पियन्स लिग : बराबरीमा रोकिए आर्सनल र डर्टमन्ड

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल र जर्मन क्लब बोरुसिया डर्टमन्डले १–१ गोलको बराबरी खेलेका छन् ।

लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले गोल गरे पनि अन्तिम समयमा निर्णायक अवसर गुमाउँदा टोली जितबाट वञ्चित भयो ।   इमिरेट्स स्टेडियममा यस सिजन उनको यो पहिलो तथा आर्सनलका लागि सबै प्रतियोगितामा तेस्रो गोल थियो ।

तर, खेलको अन्तिमतिर उनले हेडरमार्फत गोल गर्ने सुनौलो अवसर गुमाए । त्यसअघि नै म्याक्सिमिलियन बेयरले डर्टमन्डका लागि बराबरी गोल गरिसकेका थिए । ग्योकेरेसको कमजोर फिनिसिङले आर्सनललाई तीन अंक दिलाउने अवसर गुम्यो ।

सन् २०२५ मा स्पोर्टिङ लिस्बनबाट आर्सनल आएका २८ वर्षीय ग्योकेरेस पछिल्लो समय अस्थिर प्रदर्शनका कारण आलोचित हुँदै आएका छन् । यस खेलमा गोल गरे पनि निर्णायक अवसर गुमाउँदा उनी फेरि आलोचनाको केन्द्रमा परे ।

बराबरीसँगै आर्सनलले सबै प्रतियोगितामा अपराजित यात्रा ११ खेलसम्म पुर्‍याएको छ । तर, यस सिजन घरेलु मैदानमा पहिलो पटक जित निकाल्न असफल भएको छ ।

 

 

प्रकाशित: ९ मंसिर २०८३ ९:३२ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast