१०औं राष्ट्रिय खेलकुद महिला क्रिकेट : उद्घाटन खेलमा विभागीय टीम आर्मी विजयी

हिमाल प्रेस ८ मंसिर २०८३ १४:१३ | Tuesday, November 24, 2026
१०औं राष्ट्रिय खेलकुद महिला क्रिकेट : उद्घाटन खेलमा विभागीय टीम आर्मी विजयी

सुर्खेत- १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टीम त्रिभुवन आर्मी क्लवले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ। वीरेन्द्रनगर रंगशालामा टस जितेर फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमा अलआउट गर्‍यो।

कोशीलाई सस्तैमा रोक्ने क्रममा आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी यमुनाले दुई ओभर मेडन राख्दै छ रन खर्चिइन्। मनिषा उपाध्यायले दुई विकेट र कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले समान एक-एक विकेट लिए।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन्। ३६ बल खेलेकी रुविनाले एक छक्का र पाँच चौका प्रहार गरिन्। रुविनालाई अन्य व्याटरहरुले साथ दिन सकेनन्। कोशीकी रुविना महलाले पाँच रन, सृजनाकुमारी राजबंशीले चार रनको योगदान दिइन्।

जवाफी व्याटिङ गरेको आर्मीले १३.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। आर्मीकी ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। २८ बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन्। रुवी पोद्दारले १८, कविता कुँवरले नटआउट १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन्। कोशीकी रुविना क्षेत्रीले तीन विकेट हात पारिन् भने एलिशा खादियाले एक विकेट लिइन्। प्रतियोगीताको प्लेयर अफ दि म्याच आर्मीकी यमुना थारु भइन्।

प्रकाशित: ८ मंसिर २०८३ १४:१३ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast