सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

हिमाल प्रेस ८ मंसिर २०८३ १३:५२ | Tuesday, November 24, 2026
सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको बैठकमा सांसद मनिष झा र खुस्बु ओलीले ठेक्का रद्द गर्नुको कारण, आयोजनामा भएको ढिलाइ र यसमा कुनै राजनीतिक वा प्रशासनिक हस्तक्षेप भए/नभएको विषयमा प्रश्न उठाउँदै छानबिन र कानुनी स्पष्टता खोजेका थिए।

सांसद ओलीले आयोजनाको ठेक्का रद्द गर्ने विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया प्रधानमन्त्री कार्यालय गएको समाचार तथा सामाजिक सञ्जालमा आएका विषयबारे प्रश्न गरेकी थिइन्। ‘हजुर प्रधानमन्त्री कार्यालय गएको हो कि होइनरु जबाफ चाहन्छु,’ उनले भनेकी थिइन्।

जबाफमा महानिर्देशक रजौरियाले प्रधानमन्त्री कार्यालय गएको बताए। ‘प्रधानमन्त्री कार्यालय गएको हुँ तर कुनै हस्तक्षेप अनुभूति गरेको होइन,’ उनको भनाइ थियो।

बैठकमा सांसद झाले सुनकोसी–मरिण आयोजना राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना भएकाले यसको काम रोकिएको विषयमा स्पष्ट जबाफ मागेका थिए।

आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भाग गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। साथै, आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत छ।

१३.३ किलोमिटर लामो सुरूङको ब्रेक थ्रु सन् २०२४ मेमै भइसकेको उल्लेख गर्दै झाले त्यसपछि पनि आयोजनाको कामले गति लिन नसकेको भन्दै प्रश्न गरेका थिए।

उनले आयोजना किन रोकियो, ठेक्का रद्द गर्नुपर्ने अवस्था किन आयो र अब आयोजना कसरी अगाडि बढ्छ भन्ने तीन विषयमा स्पष्ट जवाफ माग गरेका थिए।

प्रकाशित: ८ मंसिर २०८३ १३:५२ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast