मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउन्ड हवाई फायर

हिमाल प्रेस ८ मंसिर २०८३ १३:३७ | Tuesday, November 24, 2026
मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउन्ड हवाई फायर

बाँके- बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको जानकारी दिए।

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो। उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले उल्लेख गरे। सो घटनामा परी घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: ८ मंसिर २०८३ १३:३७ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast