नयाँ दिल्ली- भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग केहीबेरमा भारतीय प्रधानमन्त्री एवं समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। राष्ट्रपतिको कार्यालयमा मोदीले शाहलाई ‘गार्ड अफ अनर’बाट स्वागत गरेपछि हैदरावाद हाउस पुगेर बैठक सुरु भएको हो।
शाह हिजो (आइतबार) भारत भ्रमणमा प्रस्थान गरेका थिए। उनलाई मोदीले दिवा भोजनले समेत स्वागत गर्नेछन्। आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि प्रधानमन्त्री शाहले भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रकाशित: ७ मंसिर २०८३ ११:१५ | Monday, November 23, 2026
प्रतिक्रिया



