एसिया कप राइजिङ स्टार्स : नेपालको पहिलो जित

हिमाल प्रेस ६ मंसिर २०८३ १७:२६ | Sunday, November 22, 2026
16
SHARES
एसिया कप राइजिङ स्टार्स : नेपालको पहिलो जित

काठमाडौँ- एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ।

आइतबार दोहामा सम्पन्न खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा नेपालले पहिलो जित निकालेको हो।

योसँगै समूह ‘बी’ मा रहेको नेपाल दुई अंकसहित अंकतालिकामा तेस्रो स्थानमा पुगेको छ। यसअघि नेपालले आफ्नो पहिलो खेल भारतविरूद्ध गुमाएको थियो।  समूह ‘बी’ मा नेपालका साथै भारत, पाकिस्तान र यूएई रहेका छन्।

टस जितेर फिल्डिङ रोजेको नेपालले यूएईलाई सामान्य योगफलमा रोकेको थियो। यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर केवल १२१ रन बनाउन सक्यो।

यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ४० रन बनाए। त्यस्तै हरप्रित सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए। यीबाहेक अन्य कुनै ब्याटर दोहरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले र कुशल भुर्तेलले ३-३ विकेट निकाले। त्यसते नन्दन यादव, रासिद खान र ललित राजवंशीले १-१ विकेट लिए।

यूएईले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर २२ ओभरमा पूरा गर्‍ यो।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङले खेले। उनले ६ चौका र १ छक्काको मद्तले ५७ रन बनाए। त्यस्तै मयन यादवले २७ र बासिर अहमदले १८ रनको योगदान दिए।

यूएईका लागि मुहम्मद मोसिनले २, उदीश सुरी र अंश टन्डनले १-१ विकेट निकाले। अब नेपालले मंगलबार पाकिस्तानको सामना गर्नेछ।

प्रकाशित: ६ मंसिर २०८३ १७:२६ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast